दिल्लीबाट खनालको सम्बोधन: मध्यपन्थको आयु लामो हुँदैन,अन्तिममा दक्षिणपन्थलाई सघाउँछ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र ८, मंगलबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र ८,काठमाडौँ । भारतको नयाँ दिल्लीमा उपचाररत नेता झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी)को बैठकलाई सम्बोधन गरेका छन् । चन्द्रागिरिमा रिसोर्टमा जारी सो पार्टीको केन्द्रीय समिति बैठकलाई नेता झलनाथ खनालले मंगलबार भर्चुअल रूपमा सम्बोधन गरेका हुन् ।

त्यस क्रममा वरिष्ठ नेता खनालले नयाँ पार्टी निर्माणका लागि विद्रोह गरेको भन्दै पार्टीलाई अनुशासित, एक ढिक्का र सामूहिक ढङ्गले अगाडि बढाउनुपर्ने बताए । त्यस्तै उनले नयाँ क्रान्तिकारी पार्टी अघि बढाउन ठुलो चुनौती भए पनि त्यतिकै सम्भावना पनि रहेको बताए ।

‘हामीसामु ठुलो चुनौती छ तर तर सम्भावना पनि छ । हाम्रो सफलता सुनिश्चित छ । बाटो सजिलो छैन, काँडा र भीरपाखाहरु छन् । हामी भीर पाखामै हुर्केका हौ,त्यसैले हामी सफल हुन्छौ’, नेता खनालको भनाइ छ ।

उनले आम नेता कार्यकर्ताले केपी ओलीको दमन र दक्षिणपन्थी अवसरवाद नबिर्सेको भन्दै पार्टीको वैचारिक क्रान्तिकारी दिशा महत्त्वपूर्ण हुने र त्यसैले पार्टीको दिशा तय गर्ने बताए ।

उनले एमाले स्थायी समितिका धेरै साथीहरूलाई मध्यपन्थी दृष्टिकोणले निकै नराम्रोसँग अल्झाएको बताए ।

‘मध्यपन्थ भनेको पनि अवसरवादको एउटा रूप हो । त्यसले अन्तिममा दक्षिणपन्थलाई सघाउँछ’, खनालले मध्यमार्गी नेताहरूप्रति लक्षित गर्दै भने, ‘तर मध्यपन्थको आयु कहिल्यै पनि लामो हुँदैन । यसको आयु छोटो हुन्छ, अल्पायु हुन्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस