प्रदीप नेपाल नेकपा एकीकृत समाजवादीतर्फ लागे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र ९, बुधबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र ९,काठमाडौँ । नेकपा एमाले नेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन आयोगमा पुगेका हुन् ।

२ भदौमा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको पनि नाम थियो । तर ओली पक्षका नेताहरुले प्रदीप नेपालले एमाले नछाडेको बताएका थिए ।

नेता नेपालले पनि फेसबुकमा आफू माधव नेपालको मान्छे भएको, तर ६ वर्षदेखि कमिटीविहीन अवस्थामा रहेको बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस