प्रदेश १ : एमाले संसदीय दलको नेतामा भीम आचार्य नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १०, बिहिबार (३ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

भदौ १०, विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य नियुक्त भएका छन् । बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता नियुक्त भएका हुन् ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा सपथग्रहण गराउने तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस