मन्त्रालय भागबण्डामा लफडा: सत्ता गठबन्धनमा अझै कुरा मिलेन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १५, मंगलबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र १५,काठमाडौँ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा आबद्ध दलहरुबीच भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ । बिहान बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र दलहरूले पाउने मन्त्रालयबारे टुङ्गो लगाउने बारे छलफल भए पनि निर्णय नभएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा आबद्ध दलहरुबीच आजै फेरि छलफल हुने सम्भावना छ । आज बेलुकासम्ममा टुङ्गो लगाएर भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिने देउवाको तयारी छ । माधव नेपाल समूहको नयाँ दल दर्ता भएलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भए पनि सहमति जुट्न नसक्दा ढिलाइ भइरहेको छ ।

गठबन्धनमा रहेका दलहरुबीच शुक्रवारयता दिनहुँजसो छलफल भइरहे पनि मन्त्रालय भागबण्डामा कुरा मिलेको छैन । गएको असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले डेढ महिनामा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र जनमोर्चा आबद्ध सत्ता गठबन्धन दलमा कसलाई कुन र कति मन्त्रालय दिने भन्नेबारे सहमति जुट्न सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस