बागमतीका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १६, बुधबार (३ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भदौ १६, हेटौँडा । बागमती प्रदेशको सामाजिक विकासमन्त्री कृष्ण खनालले राजीनामा दिएका छ्न् । मंगलबार नेकपा एकीकृत समाजवादीमा खुलेका मन्त्री खनालले आज बिहान राजीनामा दिएका हुन् ।

हिजोका दिनमा फरक पार्टीको नेतृत्व गर्दै मन्त्री बनेको र नेकपा एमाले टुक्रिएसँगै समाजवादी पार्टी रोजेकाले नैतिकताको आधारमा राजीनामा दिएको खनालले बताए ।

‘एमालेमा अन्तरसंघर्ष चलिरहेको बेलामा म एउटा विचार समूहमा लागें । त्यो विचार समूह नेकपा एकीकृत समाजवादी पार्टीको रुपमा दर्ता भयो । मैले त्यसैमा सनाखत पनि गरें । अब मलाई नैतिकताले मन्त्री पदमा रहन दिएन,’ खनालले भने ।

अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन खनाल मन्त्री बनेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस