एमाले अध्यक्ष ओली अस्वस्थ, अत्यावश्यकबाहेकका भेटघाटमा रोक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १९, शनिबार (३ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

भदौ १९, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिए ।

ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । अत्यावश्यक बाहेकका सबै भेटघाट बन्द गरिएको बजागाईंले बताए ।

नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि नेता, कार्यकर्ता तथा जनप्रतिनिधि रोक्न ओली सक्रिय भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस