आचार्य र शाक्यलाई नेतृ झाँक्रीको अफरः एस दल रोज्नुस् विश्वासको मत दिन्छौँ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १९, शनिबार (३ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भदौ १९, विराटनगर । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूहरुको दल रोजे उनीहरुलाई नै विश्वासको मत दिने बताएकी छन् ।

शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले दुबै मुख्यमन्त्रीले एकीकृत समाजवादी दल रोजेमा मुख्यमन्त्रीमा उहाँहरुलाई नै हुने बताएकी हुन् । ‘दल छान्ने अधिकार २३ गतेसम्म छ । उहाँहरुले नेकपा एकीकृत समाजवादीतर्फ कायम राख्नुभो भने उहाँहरुलाई नै विश्वासको मत दिन कोशिस गर्छौं’ नेतृ झाँक्रीले भनिन् ।

नेतृ झाँक्रीले मुख्यमन्त्री आचार्य र शाक्य एमालेमै रहे अल्पमतमा परेर पद गुमाउनुपर्ने पनि बताइन् । ‘उहाँहरु दल त्याग गरेर हाम्रो पार्टीमा आउनुभएन भने विश्वासको मत लिनुपर्ने हुन्छ, त्यतिबेला उहाँहरु अल्पमतमा पर्नुहुन्छ’ उनले भनिन्, ‘हामीले विश्वासको मत दिने प्रश्न आउँदैन ।’

एमाले विभाजन भएपछि नेकपा एमालेले माधवकुमार नेपाल पक्षका नेताहरु वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई र प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए । तर प्रदेशसभामा नेकपा एमालेका सांसदले एकीकृत समाजवादी रोजेपछि दुबै मुख्यमन्त्री अल्पमतमा परेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस