काँग्रेसका युवा नेता पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २१, सोमबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २१,काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।

आगामी मंसिर ९–१३ मा हुने १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने पौडेलको तयारी छ । केही दिनमै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका पौडेलले रातोपाटीलाई जानकारी दिए ।

१३ औं महाधिवेशनमा युवा नेताहरु मध्ये सर्वाधिक मत प्राप्त गरेका पौडेलले १४ औं महाधिवेशनमा महामन्त्रीमा भिड्ने योजना बनाएका छन् ।

उनी केन्द्रीय सदस्यमा खुलाबाट निर्वाचित २५ जना मध्ये १७ सय ९ मत ल्याएर ५ औं नम्बरमा निर्वाचित भएका थिए । काँग्रेसभित्र तेस्रो धारका रुपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट उनी महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा छन् ।

१३ औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापाले रामचन्द्र पौडेल समूह रोज्ने संकेत देखाएपछि सिटौलाले पौडेललाई महामन्त्रीमा अगाडि सार्ने तयारी थालेको बुझिएको छ ।

१४ औं महाधिवेशनमा पनि सभापतिमा उम्मेदवारी दिने रणनीतिमा रहेका सिटौलाले प्रदीपलाई महामन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । पौडेलले त्यही अनुसार तयारी गरेको पाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस