नेकपा (एस) खारेजीको माग: सर्वोच्चले दिएन अन्तरिम आदेश !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २२, मंगलबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

भाद्र २२,काठमाडौँ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) दर्ता सम्बन्धी सबै काग‍जात पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलाशले मंगलबार आयोगलाई उक्त आदेश दिएको हो ।

‘विपक्षी निर्वाचन आयोगबाट मिति २०७८/५/९ मा नेपाल कम्युनिस्ट (एकीकृत समाजवादी) दल दर्तासँग सम्बन्धित रहेको सम्पूर्ण कागजातहरु झिकाई विपक्षीहरुबाट लिखित जवाफ प्राप्त भएको ३ दिनभित्र पेसीमा चढाई नियमानुसार पेस गर्नू’ आदेशमा भनिएको छ ।

एमाले अध्यक्ष केपी ओलीले भदौ १७ गते नेकपा एमालेबाट विभाजित भइ गठित नेकपा (एस) को दर्ता निर्वाचन आयोगले कानुनविपरीत गरेको भन्दै खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए । ‌‌ओलीले मागेअनुसार सर्वोच्चले अन्तरिम आदेश भने जारी गरेन ।

आदेशमा भनिएको छ, ‘निवेदकले अन्तरिम आदेशको माग गरेको सम्बन्धमा विचार गर्दा प्रस्तुत रिट निवेदनमा अन्तरिम आदेश जारी गर्नुपर्नेसम्मको आधार र कारण नदेखिएकोले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरिरहनु परेन ।’

ताजा अपडेट

खोजी गर्नुहोस