गठबन्धन बैठकः जुटेन सहमति, भागबण्डा मिलाउनै सकस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २७, आईतबार (३ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

भदौ २७, काठमाडौँ । पाँच दलिय सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भएपनि ठोस सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने भएको छ ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको दुई महिना हुनै लाग्दा पनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । गठबन्धनमा सत्ता समिकरण मिल्न नसक्दा मन्त्रिपरिषद्मा ढिलाई भएको छ । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरूलाई आफ्नो दलबाट मन्त्रीहरूको नाम दिन भनेका थिए ।

‘मन्त्रिपरिषद विस्तारबारे आज पनि नेताहरुबीच छलफल भयो, तर ठोस सहमति जुटेन, एक दुई दिनमा पुन छलफल गरेर टुङ्ग्याउन नेताहरु सहमत भएका छन्’, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले अध्यादेश, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएर सैद्धान्तिक विषयमा सहमति भएपनि प्राविधिक विषय मिलाउन बाँकी रहेको बताए । उनले भोलि पुनस् बैठक बसेर सहमति खोजिने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस