नेकपा (एस) बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २७, आईतबार (३ साल अघि)
  • ६६ पटक पढिएको
Post Thumbnail

भाद्र २७,हेटौडा । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । प्रदेशमा दलको मान्यता पाएपछि नेकपा (एस) को आज हेटौडामा दलको बैठक बसेको थियो ।

नेकपा (एस) संसदीय दलको बैठकमा १२ सांसदको उपस्थिती रहेको थियो । एकजना अनुपस्थित रहेका थिए । बागमती प्रदेशमा एकिकृत समाजवादीले दलको मान्यता पाएसंगै दलहरुको संवाद सुरु भएको छ ।

नेकपा एमालेको नेतृत्वमा अहिलेको सरकार अल्पमतमा परिसकेको छ । बागमतीमा नेकपा एकिृकत समाजवादीको नेतृत्वमा सरकार बन्ने लगभग निश्चित रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस