भाद्र २८,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले दलको मान्यता पाएपछिको पहिलो केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको साङ्गठनिक काम कारबाहीका सन्दर्भमा छलफल गर्न असोज ५ गतेका लागि बैठक बोलाएको नेता विरोध खतिवडाले बताए ।
बिहान ११ बजे बैठक बस्ने भनिए पनि स्थानको भने अहिले टुङ्गो नलागेको उनको भनाइ छ । उनले भने, ‘नयाँ पार्टी बनेको छ । पार्टीको जिल्ला नेतृत्वको जिम्मेवारी तोक्नु छ । जनवर्गीय सङ्गठन बनाउन छ । यी यस्तै विषयमा निर्णय लिन बैठक बोलाइएको हो ।’