परराष्ट्रमन्त्री नारायण खड्काले गरे शपथ ग्रहण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ६, बुधबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गराएकी छन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी थिइन् । मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस