एकीकृत समाजवादीको महासचिव भोलि टुंगो लाग्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ६, बुधबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बिहीबार पार्टीको महासचिव टुंगो लगाउने भएको छ । अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पास गरेसँगै केन्द्रीय कमिटी बैठक अरु एजेण्डामा प्रवेश गरेको छ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार भोलिको बैठकले पार्टीको महासचिव टुंगो लगाउने छ भने स्थायी कमिटी र पोलिटब्यूरोलाई पनि अन्तिम रुप दिनेछ ।

बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र चुनाव चिह्न पनि छिट्टै टुंगो लगाउने निर्णय गरेको नेता खतिवडाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस