एकीकृत समाजवादीको पदाधिकारी टुंगो लाग्यो, सचिवमा रामकुमारी झाँक्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ७, बिहिबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज ७, काठमाडौ । नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी टुंगो लगाएको छ । एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको हो ।

उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् । बेदुराम भुसाल महासचिव बनेका छन् ।

उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् । सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् ।

सचिवालयले टुंगो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस