बजेटसँग सम्बन्धित विधेयक बहुमतले पास

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ८, शुक्रबार (३ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

असोज ८, काठमाडौँ । राष्ट्रियसभाले प्रमुख विपक्षी नेकपा एमालेको विरोधका बीच बजेटसँग सम्बन्धित दुई विधेयक अघि बढाएको छ ।

शुक्रबार बैठक सुरु हुनासाथ एमाले संसदीय दलका नेता खिमलाल देवकोटाले आफूहरुको विरोध कायमै रहेको बताए । सभाध्यक्ष गणेश तिमल्सिनाले आर्थिक विधेयक अगाडि नबढाउँदा सिंगो राष्ट्र ठप्प हुने स्थिति रहेको बताए ।

एमालेकै अवरोधका बीच अगाडि बढाउन राम्रो नलागेको भन्दै उनले बस्न आग्रह गरे । तर एमाले सांसदहरु आ/आफ्नो स्थानमा उभिरहेपछि उनले बैठक अघि बढाए ।

बैठकमा अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे । दुवै प्रस्ताव बहुमतले पास भयो ।

दुवै विधेयकमाथि दफावार छलफलका लागि ११ गते बैठक तोकिएको सभाअध्यक्षले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस