कांग्रेसको तुलसीपुर नगर सभापतिमा हमाल र घोराहीमा रावत चयन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन १०, आईतबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज १०, दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत तुलसीपुर नगरसभापतिमा सुरेश हमाल ३६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अनिल कार्कीले २०८ मत प्राप्त गरे ।

त्यस्तै उपसभापतिमा विनिल केसीले ३५९ र गौरव सुवेदीले २८५ मत प्राप्त गरी विजयी भए । यसैगरी सचिवतर्फ विमल पौडेल ३२९ र सुशील वलीले २७५ मत प्राप्त गरी विजयी भएका छन् भने सहसचिवमा शेषमणि भण्डारीले ३५१ र झनकबहादुर बस्नेतले ३३० मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका प्रवीण लम्सालले जानकारी दिए ।

तुलसीपुरमा कूल ५९३ मतदाता रहेकामा ५९१ मत खसेको थियो ।

त्यस्तै नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको सभापतिमा २८६ मत ल्याएर तिलक रावत निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नीरज गिरीले १६२ मत प्राप्त गरेका छन् । उपसभापतिमा प्रदीप सुवेदीले २३५ र दुर्लभ केसीले २९४ मत ल्याई निर्वाचित भएका छन् ।

सचिवमा भीमकान्त चौधरी, पुष्पराज आचार्य र सहसचिवमा चेतन बस्नेत, राजकुमार बस्नेत निर्वाचित भएका छन् । शनिबार भएको मतगणनाको नतिजा गएराति नै सार्वजनिक भएको हो ।

जिल्लाका दशपालिकामध्ये तीन पालिकामा शुक्रबार नै सर्वसम्मतिमा नयाँ नेतृत्व चयन भएको छ भने सात वटा पालिकामा मतदानबाट नयाँ नेतृत्व चयन भइसकेको कांग्रेसले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस