कांग्रेस ललितपुरको पालिका अधिवेशन सम्पन्न

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन १२, मंगलबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुरमा पालिका अधिवेशन सम्पन्न भएको छ । ६ पालिका रहेको ललितपुरमा तीन वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने ललितपुर महागनगरसहित तीन वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

गोदावरी नगरपालिका, वाग्मती गाउँपालिका र महांकाल गाउँपालिकामा सोमबार नै सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले जनाएको छ । गोदावरी नगरपालिकामा प्रदीप जोशी, वाग्मती गाउँपालिकामा वीरबहादुर लोप्चन र महांकाल गाँउपालिका खोमप्रसाद दाहाल सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् ।

कोञ्जोस्योम गाउँपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको हो । ललितपुर महानगरपालिकामा सुभानन ध्वाख्वा निर्वाचित भएका छन् । उनले २८२ मत पाए भने अर्का प्रत्यासी गणेशभक्त श्रेष्ठले २२१ प्राप्त गरेको मतदान अधिकृतले जनाए ।

महालक्ष्मी नगरपालिकामा दिवाकर सिलवाल सभापतिमा विजयी भएका छन् । उनले ८२ मतले पाए भने सभापति पदका अर्का उम्मेदवार सुशील खड्काले ८० मत प्राप्त गरे । कोन्ज्योसोम गाउँपालिकामा सरोज घलान सभापति पदमा विजयी भएका छन् । उनले ४५ मत प्राप्त गरे भने अर्का प्रत्यासी जीवन बलले ३७ मत प्राप्त गरेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस