माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, मन्त्रीको नाम टुंग्याउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १३, बुधबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज १३, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । पार्टि कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्ने बताइएको छ । त्यस्तै आजको बैठकले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको पनि माओवादी नेता हरिबोल गजुरेलले बताए ।

‘सम्भवतः आज सरकारमा पठाउने मन्त्रीको टुंगो लाग्नेछ,’ गजुरेलले भने ‘हाम्रो प्रयास आजै टुंगो लगाएका नाम प्रधानमन्त्री देउवालाई बुझाउने तयारी छ ।’

मंगलबारका लागि तय गरिएको स्थायी कमिटीको बैठक नेताहरुको कार्य व्यस्तताका कारण एक दिन पछि सारिएको थियो ।

पार्टीले यसअघि नै राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम तोकिसकेको छ । सोमबार बसेको बैठकले सदस्यता नवीकरण गर्ने मिति असोज मसान्तसम्म, वडा भेलाको बैठक कार्तिक १३ गते र पालिका स्तरीय भेला मंसिर ४ गतेसम्मलाई सारेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस