सञ्चार विधेयकलाइ संशोधन गरी सञ्चार मैत्री बनाउँछु : मन्त्री थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १३, बुधबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज १३, काठमाडौं । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले मानव अधिकारको अभियानलाई सार्थक बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले बुधबारदेखि शुक्रबारसम्म आयोजना गरेको ‘मानव अधिकार मैत्री पत्रकारिता विषयक तालिम’ कार्यक्रममा बोल्दै मन्त्री थापाले समाचार लेखनमा मानव अधिकारमैत्री शब्द र भाषाको प्रयोग हुनुपर्ने बताए ।

मन्त्री थापाले मानव अधिकारको विषय पत्रकारिता क्षेत्र संवेदनशिल हुनु पार्ने बताउदै समाचार संकलन तथा सम्प्रेषण, प्रस्तुति र प्रभावमा समेत बिशेष ध्यान दिनुपर्ने बताए ।

मानव अधिकार उल्लंघनका घटनाको ठुलो समाचार बनेपनि संरक्षण भएको विषयको भने सानो समाचार बन्ने गरेको भनाई मन्त्रीको थापाको छ ।‘पत्रकारको काम जनतालाई सु–सूचित मात्र गराउने होइन,मानवअधिकारको वकालत गर्नु पनि हो’, उनले भने,‘सरकारका राम्रा पक्षका बारेमा पनि जनतालाई सु–सूचित गराउन मिडियाले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’

मन्त्री थापाले मानव अधिकार सम्बन्धि सैद्धान्तिक ज्ञानको अभावमा निष्पक्ष समाचार सम्प्रेषण गर्न नसकिने बताए । प्रदेशको विद्येयक विधायन समितिमा पेश भएको आम सञ्चार विधेयकलाइ संशोधन गरी सञ्चार मैत्री बनाइने मन्त्री थापाले बताए ।

सञ्चार विद्येयक विधायन समितिमा भएकाले सबैको सल्लाहमा संशोधन गरेर नेपालकै उत्कृष्ट बनाइने उनको भनाइ छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस