कार्तिक ४,काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजकिशोर यादवले बाढीपहिरो पिडित किसान तथा प्रभावित सबैलाई तत्काल राहातको प्याकेज ल्याउन माग गरेका छन् ।
उनले भनेका छन् – ‘केहिदिनदेखि परेको अविरल वर्षाका कारण काट्ने बेला रहेको धानबालीमा व्यापक क्षति पुगेको छ । कृषि प्रधान देश नेपाल रहेको र पछिल्लो समय कृषि प्रति बढ्दै गरेको लोकप्रियता र आकर्षणलाई कायम राख्न र किसानको मनोबल खस्न नदिन हेतु देशभरिकै किसानलाई तीनै तहको सरकारको समन्वयमा यथाशीघ्र राहतको प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछु ।’
नेता यादवले अगामी दिनमा आइपर्ने यस्ता भवितव्यं घटनाको सूक्ष्म अध्य्ययन गरि बाली विमा लगायतका दीर्घकालीन योजना अघि सार्न सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् । नेता यादवले भनेका छन्– ‘वर्षैभरि मेहनत गरेर फलाइएको धानको एक(एक दाना किसानको लागि मूल्यवान छ । किसानलाई आ(आफ्नो स्थानबाट सहयोग गर्न नेता, कार्यकर्ता मित्रगणमा हार्दिकआग्रह गर्द्छु।’