कात्तिक ४, हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभा बैठक शुरु भएको छ । दिउँसो १ बजे बोलाएर ३ बजेका लागि सारिएको बैठक सवा ४ बजे शुरु भएको हो ।
सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा विश्वासको मत माग्न समय दिएका छन् । करिब दुई साता अघि पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि बिहीबारको बैठकमा छलफल हुने र सम्भवतः कार्तिक ७ गते अर्को बैठक राखेर सो बैठकमा मात्र मत विभाजन गराउने सत्ता पक्षको तयारी छ ।
यता, विपक्षी गठबन्धनले भने नयाँ मुख्यमन्त्रीको दाबेदारका रुपमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । विपक्षी गठबन्धनमा आवद्ध सांसदहरुले नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई समर्थन जनाउँदै हस्ताक्षर गरेका छन् ।