एमाले स्थायी कमिटी बैठक बस्दै, बाढी प्रभावित ठाउँको अधिवेशन सारिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ५, शुक्रबार (३ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

कार्तिक ०५, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो २ बजे स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

आजको बैठकमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन लगायतका विषयमा छलफल हुनेछ । एक स्थायी कमिटी सदस्यका अनुसार मुख्य रुपमा आजको बैठकमा असार २७ गते भएको १० बुँदे सहमति र त्यसपछि भदौमा जारी भएको अन्तर पार्टी निर्देशन १२ कार्यान्वयनको विषय नै केन्द्रित हुनेछ । १० बुँदे सहमति कार्यान्वयनका लागि उपाध्यक्ष भीम रावलको संयोजकत्वमा बनेको कार्यदलले आजको स्थायी कमिटी बैठकमा सुझाव प्रस्तुत गर्नेछ । त्यसपछि त्यसलाई कसरी समाधान गरेर लैजाने भन्ने विषयमा नै छलफल केन्द्रीत हुनेछ ।

यसअघि हिजोको बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । त्यसका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

यस्तै, नेकपा एमालेको वडा अधिवेशन भोलि शनिबार गर्दैछ । तर, अविरल बर्षापछि आएको बाढी–पहिरोबाट प्रभावित जिल्लाका वडाहरूको अधिवेशन भने पछि सारिने भएको छ ।

एमाले स्थायी कमिटीका एक नेताले भने, ‘भोलि शनिबार देशभर वडा अधिवेशनहरू हुँदैछन्, तर बाढी पहिरोको चपेटामा परेका वडाहरूको अधिवेशनहरू पछि सर्ने सम्भावना छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस