पूर्वमन्त्री आलमको मुद्दामा आज सुनुवाई हुँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक ५, शुक्रबार (३ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

कात्तिक ५, काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमको मुद्दामाथि सुनुवाईका लागि सर्वोच्च अदालतमा शुक्रबार पेसी तोकिएको छ ।

विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दाका सम्बन्धमा हिरासतमा रहेका आलमले जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

शुक्रबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाई हुँदैछ । यसअघि पटक पटक पेसी तोकिए पनि उक्त रिट निवेदनमा विभिन्न कारणले सुनुवाई स्थगित हुँदै आएको थियो ।

आलम रौतहटबाट निर्वाचित सांसद हुन् । उनी २०७६ असोज २६ मा पक्राउ परेका हुन् । जिल्ला अदालत र उच्च अदालतले उनलाई हिरासतमै राखेर मुद्दा प्रक्रिया अघि बढाउन आदेश दिएको छ । तल्लो अदालतको सो आदेशविरुद्ध आलमले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस