राखेपको सदस्य सचिवमा ढकाल नियुक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक १६, मंगलबार (३ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

कात्तिक १६, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णु कुमार ढकाललाई दिइएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिए ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको पोखरेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस