सर्वोच्च अदालतमा आज सबै बन्दी प्रत्यक्षीकरणका मुद्दा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १७, बुधबार (३ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कात्तिक १७, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले १५ जना न्यायाधीशहरूका लागि इजलास तोकेका छन् । उनले ६ वटा संयुक्त र तीनवटा एकल इजलास तोकेका हुन् । कुल ९ वटा इजलासमा उनले ९ वटा बन्दी प्रत्यक्षीकरणको मुद्दामात्रै तोकेका छन् ।

एउटा एकल र अर्को संयुक्त इजलासमा यी सबै मुद्दा तोक्न सकिने अवस्था रहे पनि प्रधानन्यायाधीश जबराले धेरै संख्यामा इजलास सञ्चालन भएको सन्देश प्रवाह गर्न एउटा इजलासमा एउटाभन्दा बढी मुद्दा राखेका छैनन् ।

सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायधीश जबराले आफ्नो इजलास नतोक्न र इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन नहाल्न आग्रह गरेका थिए ।

मंगलबार बैंकिङ कसुरको मुद्दा पेसीमा चढेपछि न्यायाधीशहरूले कुनै पनि मुद्दा सुनुवाइ गरेनन् । त्यसैले बुधबार आज प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणको बाहेक कुनै निवेदन पेसीमा तोकेनन् । विहीबारदेखि भने चार दिन तिहार बिदा हुनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस