देश विकासका लागि युवाहरूलाई अगाडि बढाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १७, बुधबार (३ साल अघि)
  • २५९० पटक पढिएको
Post Thumbnail

कात्तिक १७, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालमा देश विकासका लागि युवाहरूलाई अगाडि बढाउनुपर्ने बताएका छन् । ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताउँदै उनले नेपालमै आयआर्जनको स्रोत रहेको बताए ।

बुधबार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भने, ‘हामीसँगै चिज छन् तर बेच्न नजानेर हामी गरीब भएका छौं । विश्वको २०० भन्दा बढी देशमा उत्पादन हुने चिज सबै नेपालमै उत्पादन हुन्छ, तर हामी आगो हातमा लिएर उज्यालो खोज्न विदेश हिँड्या छौं ।’

मुख्यमन्त्री पाण्डेले जति प्रगति भए पनि दम्भ, अहंकार र घमण्ड गर्नु नहुने उनको भनाइ थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस