गल्ती सच्याउदै प्रधानन्यायाधीश ! डा. रेग्मीको रिट अब संवैधानिक इजलासमा हेरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १७, बुधबार (३ साल अघि)
  • २५७६ पटक पढिएको
Post Thumbnail

कात्तिक १७,काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक नियुक्ति लगायतका विषयमा परेको रिटको गल्ती आंशिक रुपमा सच्याएका छन् । न्यायाधीश हरि फुयाँलको एकल बेञ्चमा परेको गणेश रेग्मीको रिट अब संवैधानिक इजलासमा हेरिने भएको छ ।

प्रधानन्यायाधीश जबराले प्रशासनिक निर्णयमार्फत रेग्मीको रिट संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् । सर्वोच्च अदालत सञ्चालन (संवैधानिक इजलास- सञ्चालन नियमावली २०७२ को नियम १७९२) ख बमोजिम डा.गणेश रेग्मीको मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।

प्रधान न्यायाधीशको निर्णयका आधारमा सो रिट संवैधानिक इजलासमा पठाइसकिएको प्रवक्ता दाहालले बताए । रेग्मीको रिटलाई संवैधानिक इजलासमा पठाई पाउँ भन्दै दीपकविक्रम मिश्रले निवेदन दिएका थिए । सोही निवदेनउपर कारवाही गर्दै जबराले सो रिट संवैधानिक इजलासमा पठाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस