‘गठबन्धन चुनावसम्मै रहने, एमसीसी पनि सहमतिमै पास हुने’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १८, बिहिबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने बताएका छन् ।
जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर आज बिहान स्वदेश फर्किएका हुन् ।

‘गठबन्धन पूरै समयसम्म रहन्छ । त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, गठबन्धनबारे कुनै किसिमको शंका नगर्नु भए हुन्छ ।’

यस्तै पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले एमसीसी दलहरुबीच सहमति गरेर पास गर्ने पनि बताए । संसद् अधिवेशन अन्त्य भएपछि अमेरिकाले यसबारे चासो व्यक्त गरिरहँदा प्रधानमन्त्रीले देउवाले संसद् अधिवेशन अर्कै कारणले बन्द गरेको र एमसीसीबारे नआत्तिन भनेर भनिसकेको जानकारी दिए ।

यस्तै देउवाले दुई पक्षीय भेटमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको पनि बताए । ‘उहाँलाई मैले नेपाल भ्रमणमा आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत गर्छौं भनेँ । तपाईं पशुपतिनाथ, मुक्तिनाथ जानुहुन्छ, तपाईं धार्मिक ठाउँ जानुहुन्छ, नेपालमा आउनुस् भनेँ,’ देउवाले भने, ‘उहाँ आउन तयार छु भन्नु भएको छ । उहाँ नेपाल भ्रमणमा आउने मितिको चाहिँ कुरा भएको छैन ।

यता, प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश प्रकरणबारे भने बोल्न चाहेनन् । पत्रकार सम्मेलनको सुरुमै देउवाले कोप–२६ सम्मेलनबाहेकका अरु प्रश्न नसोध्न आग्रह गरेका थिए ।

​प्रधानमन्त्रीको स्वागतमा काँग्रेस उपसभापति विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, परराष्ट्रमन्त्री नारायण खड्का, रक्षामन्त्री मिनेन्द्र रिजाल त्रिभुवन विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री देउवा कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा भाग लिई आज स्वदेश फर्किएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस