जेठ ६, काठमाण्डौ । रौतहटस्थित स्थानीय तहका नवनिर्वाचित पालिका प्रमुखहरुले शुक्रबार गौर नगरपालिकाको सभा हलमा सपथग्रहण गरेका छन् । गत ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित पालिका प्रमुखहरुले सपथग्रहण गरेका हुन् ।
जिल्ला अदालत रौतहटका मुख्य न्यायाधीश काजीबहादुर राईले जनप्रतिनिधिहरुलाई सपथग्रहण गराए । समारोहमा मौलापुर नगर प्रमुख रिना कुमारी साह,गौर नपा नगरप्रमुख शम्भु शाह, राजदेवी नपा नगर प्रमुख भिकारी यादव, परोहा नपा नगरप्रमुख शेख वकिल, र दुर्गाभगवती गाउँपालिका नगर प्रमुख शम्भु सिंह लगायत सहभागी थिए ।