मंसिर १७,स्याङजा । कांग्रेसले प्रतिनिधिसभा सदस्यमा थप १ सिट सुरक्षित गरेको छ । स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार धनराज गुरुङ गन्न बाँकी मत भन्दा बढि मतान्तरले अगाडि भएपछि जित सुनिश्ति भएको हो ।
पछिल्लो नतिजा अनुसार कांग्रेसका धनराजले ३० हजार ९६९ मत ल्याएका छन् भने एमालेकी अर्यालले २५ हजार २०३ मत ल्याएकी छन् । यस्तै गण्डकी प्रदेश सभा ‘ख’ मा पनि कांग्रेसका महेश भट्टराई जित नजिक पुगेका छन् । भट्टराईले १८ हजार ३७८ मत ल्याउँदा एमालेका बुद्धिमान श्रेष्ठले १६ हजार २४३ मत ल्याएका छन् ।