सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर २७, मंगलबार (२ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाण्डौ । पाँच दलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने भएको छ । लोसपा शीर्ष नेताको बैठकले सो निर्णय गरेको हो । सत्ता गठबन्धनमा चुनावी तालेमले गरेको कारण नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहने र सरकारमा पनि सहभागी हुने सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताए ।

उनले भने, ‘हामी पनि गठबन्धनको एक पार्ट हौं, त्यसले सरकारलाई समर्थन मात्र होइन, त्यसमा सहभागी नै हुने हो । अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्ने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस