एमालेका सात उपाध्यक्षलाई विभागको जिम्मेवारी, योजना र नीतिको नेतृत्व पोखरेलले गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २०, शनिबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ २०, काठमाण्डौँ । नेकपा एमालेले केन्द्रीय उपाध्यक्षहरूलाई विभागको संयोजनको जिम्मेवारी निर्धारण गरेको छ । शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका सातजना उपाध्यक्षलाई विभागहरूको कामको संयोजनको जिम्मेवारी निर्धारण गरिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्षहरूले विभागीय कामको संयोजन गरेर नीति बनाउन योगदान दिनेछन् । ‘उहाँहरूले नीति बनाउने ठाउँमा नीति तर्जुमा गर्नुहुनेछ । सरकारलाई दबाब दिनुपर्ने ठाउँमा दबाब पनि दिनुहुनेछ । विज्ञहरूसँग परामर्श गर्नुपर्नेलगायतका कामहरू गर्नुहुनेछ,’ ज्ञवालीले भने ।

त्यसमध्ये योजना र नीतिसँग जोडिएका कामहरूको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् । पूर्वाधार विकास र निर्माणसँग जोडिएका विभागहरूको कामको नेतृत्व सुरेन्द्र पाण्डेले गर्नेगरी जिम्मेवारी तोकिएको ज्ञवालीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस