सुवास नेम्वाङ भन्छन्-‘यो बजेट पास हुन दिँदैनौँ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २, शनिबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार २, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताएका छन् । पार्टीका मधेस प्रदेश सभा सदस्यहरुलाई प्रशिक्षण दिन जनकपुर पुगेका उनले यस्तो बताएका हुन् । उनले सरकारले ल्याएको बजेट भेदभावपूर्ण रहेको जिकिर गर्दै संसदबाट कुनैपनि हालतमा पास हुन नदिने बताए ।

उपाध्यक्ष नेम्वाङल भौतिक मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिनेगरी भेदभावपूर्ण रुपमा गरिएको बजेटको समर्थन गर्न नसकिने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस