सपथ खाएलगत्तै १६ दिनपछि इजलास बसे प्रधानन्यायाधीश कार्की

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ३, आईतबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार ३,काठमाडौँ । जेठ १७ गतेपछि इजलासमै नबसेका प्रधानन्यायाधीश हरिकृष्ण कार्की आइतबार इजलासमा बसेका छन् । प्रधानन्यायाधीशको प्रक्रिया सुरु भएलगत्तै इजलास छाडेका कार्कीले प्रधानन्यायाधीशको सपथ खाएलगत्तै इजलासमा बसेका हुन् ।

पछिल्लो पटक जेठ १७ गते न्यायाधीश सुष्मालता माथेमासँग बेञ्चमा बसेका कार्कीको त्यसपछि इजलास गठन गरिएको थिएन । संसदीय सुनुवाइ समितिले उजुरी आव्हान गरेलगत्तै इजलास छाडेका कार्कीको नाम शुक्रबार मात्रै संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका रुपमा अनुमोदन गरेको थियो । कार्कीले शुक्रबार नै राष्ट्रपतिबाट सपथ लिई पदभार ग्रहण गरेका थिए ।

शुक्रबार साँझ मात्रै प्रधानन्यायाधीशको सपथ लिएका कार्कीले आइतबार इजलास गठन हुँदा इजलासमा आफूसमेत उपस्थित भएर गोला तानेका थिए । गोलामा कार्कीको नाम न्यायाधीश ईश्वरप्रसाद खतिवडासँग परेको छ । त्यसैगरी कार्कीको एकल इजलास पनि गठन भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस