नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १७, आईतबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार १७,काठमाडौँ । शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ पौने ६ बजेपछि सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका-५ तुइन खोलामा नारायणगढतर्फको भागमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।

आइतबार दिनभर एक्साभेटरले पहिरो जाँदा खसेको ढुंगा माटो फालेपछि सडक सञ्चालनमा आएको हो ।

सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस