ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायीहरुको प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १८, सोमबार (१ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असार १८, काठमाडौँ । आज देशभरका कानुन व्यवसायीहरुले ललितपुर जिल्ला अदालतमा प्रर्दशन गरेका छन ।
उनीहरु जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादलाई लिएर आन्दोलनमा उत्रिएका हो । उनीहरुले ललितपुर बार एशोसिएसनको पहलमा जिल्ला अदालत ललितपुरमा विरोध सभा गरेका छन् ।

असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरुले आन्दोलन गरेका थिए ।

कानुन व्यवसायीले घटनाको छानबिन हुनु पर्ने, दोषिलाई कारबाही गर्नु पर्ने र लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस