प्रतिनिधिसभा बैठक भोलि बस्दै, नेपाल विश्वविद्यालय विधेयक २०८० टेबुल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १९, मंगलबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार १९, काठमाडौँ । संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक भोलि बस्दैछ । बुधबार दिउँसो ३ बजे बस्ने बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिने संभावित कार्यसूची रहेको छ।

सोमबार राष्ट्रियसभाबाट सो विधेयक बहुमतले पारित भएको थियो । यस्तै बैठकमा कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

बैठकमा मुलु्की संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस