‘संसदीय दलको बैठकमा सरकार ढाल्ने विषयमा छलफल भएको छैन्’: नेता लेखक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २८, आईतबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन २८,काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसले पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनको विषयमा छलफल नभएको बताएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा छलफल नभएको बताएका हुन् ।

आज आइतवार दलको बैठकपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा नभएको दाबी गरे ।

उनले भने, ‘बैठकमा सरकार बदल्ने, सरकार ढाल्ने, सरकार फेर्ने र अर्को सरकार बनाउने कुरा भएको छैन ।’

प्रमुख सचेतक लेखले संसदीय दलको बैठक भोलि पुनः ११ बजे बस्ने र बैठकमा सांसदहरूले राख्ने सुझावलाई समेटेर महत्त्वपूर्ण प्रस्ताव पारित गर्ने बताए ।

गएको शुक्रवार र आज बसेको बैठकमा ५० जना सांसदले धारणा राखेका छन् । बैठक भोलि सम्पन्न हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस