कांग्रेस नेता डा. राजाराम कार्कीको निधन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० भाद्र ७, बिहिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र ७,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। राजाराम कार्कीको निधन भएको छ ।

कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका पूर्व प्रदेश सभा सदस्य कार्कीको हिजो बेलुका ६६ वर्षको उमेरमा उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।

धादिङको नीलकण्ठ नगरपालिकाका कार्की नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिव समेत थिए ।

यसैबीच पार्टी सभापति शेरबहादुर देउवाले कार्कीको निधनमा दुःख व्यक्त गरी शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

कार्कीको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस