प्रचण्ड–माधवले साम्प्रदायिक हिंसा भड्काउन खोजेको ओलीको आरोप

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ७, बिहिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र ७,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन्।

आज बिहीवार भक्तपुरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको कार्यक्रममा एमाले अध्यक्ष ओलीले कोशी प्रदेशमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालले जनजातिहरू भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाए । उनले कोशी प्रदेशमा आन्दोलन गर्नेहरूमा प्रचण्ड र अध्यक्ष नेपालका कार्यकर्ताहरू रहेको उल्लेख गरे ।

उनले भने, ‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउनेमा प्रचण्डजीका र माधवकुमार नेपालजीका कार्यकर्ता छन् । उहाँहरूले साम्प्रदायिक हिंसा भड्काउन खोज्नुभएको छ । नुवाकोटमा साँढे जुधाउने भन्ने खेल हुन्छ । ती साँढेको केही दुस्मनी नै छैन । भेटेको पनि होइन कहिल्यै । आ–आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन् । अरू छेउमा बसेर ताली बजाउँछन् । प्रचण्ड र माधव नेपालहरू नेपालीलाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन् । नेपाली लड्नु हुँदैन । शासनमा बस्नेले यस्ता विषयलाई ख्यालख्याल सोचिरहेका छन् । सजग हुनुपर्छ ।’

अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा आफैँ संलग्न रहेको कुरा ट्याक्सीमा भएका अभियुक्तलाई भगाएर प्रमाणित गरेको दाबी गरे। उनले सुन पक्राउ गर्ने क्रममा सँगै ट्याक्सीमा रहेका हर्कबहादुर राईलाई बोलाएको बेला हाजिर हुनु भनेर सुन जम्मा पारिएका ठाउँबाट अन्य व्यक्तिलाई भगाउन लागेको बताए ।

ओलीले सुन तस्करी प्रकरणमा अहिले नै उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धान थाल्ने कुरामा सरकार तयार हुन नसकेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस