रास्वपाको संसदीय दलको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ८, शुक्रबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद् ८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको बैठक बोलाएको छ । आज शुक्रबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको रास्वपाले जनाएको छ ।

बैठकमा संसदीय समिति सभापति चयन लगायतका विषयमा छलफल हुने बताइएको छ । संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने भन्ने विषयमा आधिकारिक निर्णय लिइने रास्वपाले जनाएको छ ।

संसदीय समितिका सभापतिको चयनका लागि आउँदो सोमबार निर्वाचन हुँदै छ । चुनावी प्रक्रिया भने आइतबारबाटै सुरु हुने भएपछि पार्टीको धारणा तय गर्न रास्वपाको बैठक बस्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस