भाद्र ८, काठमाडौँ । समाजवादी मोर्चाका नेता एवं नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा अन्तिम विद्रोहको आवश्यकता रहेको बताएका छन् । समाजवादी मोर्चाको वीरगन्जमा आयोजित सभामा बोल्दै उनले नेपालको दलाल पुँजीवादविरुद्धको अन्तिम विद्रोह आवश्यक रहेको बताए। उनले त्यो विद्रोहमा मधेसको साथ पनि चाहिने बताए ।
उनले अहिलेको व्यवस्थाले जनताको चाहना पूरा नगरेको आरोप लगाए। नेपालमा अहिले पनि श्रमिकहरू मारमा परेका छन् । दुई छाक टार्न पनि श्रमिक वर्गलाई धौधौ छ। त्यसैले नेपालमा श्रमिक जनताको व्यवस्था निर्माण निर्माण गर्नुपर्ने आवश्यकता छ, उनले भने।