सरकारको कामबाट एकथरी व्यक्तिहरू विछिप्त भएका छन्ः प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १०, आईतबार (१ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

भाद्र १०, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विछिप्त भएको बताएका छन्।

उनले सरकारले गरेका राम्राकाम बाट अत्तालिएकाहरूले पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको बताए।

माओवादी केन्द्र निकट बुद्धिजिविहरूको संगठन नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विछिप्त भएरका छन् । उनीहरूले माओवादी पार्टी ,सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिडेका छन् । त्यसलाई चिर्न बुद्धिजीवी संगठनले महत्वपूर्ण रोल खेल्नुपर्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस