१५ दिनमै ओलीको बोली फेरियो ! भने -‘बिद्या भण्डारीलाई सधैँ वेलकम छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १०, आईतबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

भाद्र १०,विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारी पुनः एमाले राजनीतिमा आउन चाहे नरोक्ने प्रस्टीकरण दिएका छन् ।

यसअघि अध्यक्ष ओलीले साउन अन्तिम साता (साउन २८) गते पूर्व राष्ट्रपति भण्डारी सम्मानित भएर बस्नुपर्ने भन्दै राजनीतिमा आउने चर्चा एमाले विरोधीहरूले विभाजित गर्ने षडयन्त्रअनुसार चलाएको बताएका थिए ।

तर, त्यसको १५ दिन पनि नबित्दै भण्डारीबारे पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको बोली फेरिएको हो । आइतबार विराटनगरमा एमाले कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भण्डारी एमालेको सक्रिय राजनीतिमा आउन चाहे उनलाई सधैँ स्वागत रहेको पनि बताए ।

‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हुन्छ, कसले रोक्छ ? कसरी रोक्छ ?’, प्रश्न गर्दै ओलीले भने, ‘त्यसकारण हामी उहाँलाई निषेध गर्दैनौँ । उहाँ आएर राम्रो नेतृत्व दिनुभयो भने ठिक छ तर उहाँ आउँछु त भन्नुपर्‍यो नि ! उहाँलाई सधैँ वेलकम छ ।’

उनले भण्डारीलाई एमालेमा आउन निषेध गर्यो र रोक्यो भनेर प्रचार गरेर भ्रम फिँजाएको भन्दै असन्तुष्टि समेत जनाए । साउन २८ मा एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पूर्व एमाले उपाध्यक्ष समेत रहेकी भण्डारी राष्ट्रपति भैसकेको व्यक्ति सम्मानित भएर बस्नु नै उपयुक्त हुने बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस