भाद्र ११, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको सनातन धर्म–संस्कृतिमाथि निरन्तर प्रहार भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । धर्मनिरपेक्षता खारेज गरी वैदिक सनातन हिन्दू राष्ट्र पुनर्स्थापना गर्नुपर्नेमा उनले जोड दिए । हाल दुबईमा रहेका अध्यक्ष लिङदेनले राप्रपा निकट प्रवासी नेपाली एकता समाज ९पानस० ले आयोजना गरेको कार्यक्रममा बोल्दै गलत नेतृत्व र व्यवस्थाको कारणले देश नबनेको बताए ।
नेपालको हिन्दूराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम राजनीतिले गरेको भन्दै उनले राजनीतिले बिगारेको चिज राजनीतिबाट नै सुधार्नुपर्ने उल्लेख गरे । नेपालमा धर्मको राजनीति राप्रपाले नभई धर्मनिरपेक्षता बनाउनेहरूले शुरु गरेको दाबी लिङ्देनले गरे ।