संसदीय समितिका सभापति चयन हुँदै, जसले थाप्दैछन् विशेष भत्ता बाहेक मासिक ६० हजार !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० भाद्र ११, सोमबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ११, काठमाण्डौँ ।  प्रतिनिधि सभा सदस्य निर्वाचित भएको नौ महिनापछि १० वटा संसदीय समितिका सभापति निर्वाचित हुने भएका छन् ।

सोमबारका लागि तय भएको १० वटा संसदीय समितिको सभापतिका लागि नौ वटा समितिमा एकल मनोनयन दर्ता भएकाले निर्विरोध निर्वाचित भइसकेका छन्, यद्यपि घोषणा हुन बाँकी छ, भने एउटा समितिमा दुई जनाको मनोनयन परेका कारण निर्वाचन प्रक्रियाबाट सभापति चयन हुँदैछ ।

उनीहरूले के कति सुविधा पाउँछन् भन्ने सबैका लागि चासोको विषय बनेको छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ अनुसार सभापति निर्वाचित वा मनोनयन भएको मितिदेखि १० वटै समितिका सभापतिले मासिक पारिश्रमिक ६० हजार नौ सय ७० रुपैयाँ पाउने भएका छन् । यति मात्रै नभएर निर्वाचित सभापतिले प्रतिमहिना विशेष भत्ता एक हजार पाउने छन् ।

सभापतिलाई समिति बैठकमा भाग लिएको प्रत्येक दिनको लागि बैठक भत्ता बापत एक हजार दिइने छ । तर, समितिको बैठक वा सदन एकै दिन बसेकोमा पदाधिकारी र सदस्यले एक दिनको मात्र भत्ता पाउनेछ । सदन र समितिको बैठक बापत छुट्टा छुट्टै भत्ता दिइने छैन ।

संघीय संसद्को कुनै सदनको अधिवेशन आरम्भ हुँदा त्यस्तो सदनको बैठक वा सदनको अधिवेशन नभएको अवस्थामा कुनै समिति वा उपसमितिको बैठकमा भाग लिने पदाधिकारी वा सदस्यलाई बैठक सुरु हुनु भन्दा तीन दिन अघि देखि र बैठक अन्त्य भएको तीन दिन पछिसम्म प्रत्येक दिनका लागि अनुसूची एक बमोजिम भत्ता दिइनेछ । तर सदन वा समितिको बैठकको प्रारम्भमा अनुपस्थित रहेको पदाधिकारी वा सदस्यले उपस्थित भएको दिन भन्दा तीन दिन अघिदेखिको मात्र भत्ता पाउनेछ ।

आफ्नो स्थायी वासस्थानबाट संसद्को अधिवेशन वा समितिको बैठकमा भाग लिन आउँदा र भाग लिएर आफ्नो वासस्थान भएको क्षेत्रतर्फ फर्कँदा पदाधिकारी र सदस्यलाई दफा नौ बमोजिमको भत्ता दिइनेछ । तर कुनै पदाधिकारी वा सदस्य निर्वाचित भएको क्षेत्र र निजको स्थायी वासस्थान भएको क्षेत्र भिन्न भिन्नै भएमा ती दुवै स्थानमध्ये कुनै एक स्थानबाट आउँदा जाँदा त्यस्तो भत्ता दिइने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस