समन्वयकारी भूमिकामा नेम्वाङजस्तो अर्को नेता छैन : शेखर कोइराला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २६, मंगलबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद २६, काठमाण्डौँ । विभिन्न दलका नेताहरूले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले मुलुकलाई अतुलनिय क्षति पुगेको बताएका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङ सबैलाई मिलाएर लान सक्ने नेता भएको स्मरण गर्दै उनीहरूले नेम्वाङको निधनले मुलुकलाई अतुलनिय क्षति पुगेको बताएका हुन् ।

कांग्रेस नेता डा। शेखर कोइरालाले समन्वयकारी भूमिकामा नेम्वाङजस्तो अर्को नेता नभेटेको बताएका छन्। संविधान जारी गर्दा नेम्वाङले खेलेको भूमिका अत्यन्तै सराहनिय रहेको भन्दै देशले एउटा मुख्य राजनीति नेता गुमाउनुपर्दा निकै क्षति भएको उनले बताए।

त्यस्तै एमाले सचेतक महेश बर्तौलाले नेम्वाङको निधनले राष्ट्रले अभिभावक गुमाएको जिकिर गरे। त्यस्तै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकको परिवर्तनलाई संस्थागत गर्न ठूलो भूमिका खेलेको व्यक्तिको निधनले ठूलो क्षति पुगेको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस