आश्विन ११,काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा मौलिकता हस्तान्तरण गर्न नयाँपुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको धारणा व्यक्त गरेका छन् ।
इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उनले मौलिक चाडबाडको संरक्षण र संवर्द्धन गर्ने दायित्व नयाँ पुस्ताको भएको बताए ।
“नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा धनी छ, हरेक जातजातिका आफ्नै विशेषता बोकेका फरकफरक चाडपर्व छन्, हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँअनुसार फरक संस्कार र संस्कृति हुन्छन, सनातनदेखि आस्थाको धरोहरका रूपमा रहेको हाम्रा चाडपर्व र त्यस चाडपर्वमा देखिने विविधताभित्रको एकता नेपालीपनको छुट्टै विशेषतायुक्त संस्कृति र संस्कार हुन्”, उनले भने।