एकीकृत समाजवादीले समाजवादी जागरण अभियान गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १२, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

आश्विन १२,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ । नेकपा एकीकृत समाजवादी (एस) ले यही असोज १४ देखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्ने भएको हो ।

आज बिहीवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको जानकारी गराएको हो । असोज १४ गते काँकडभिट्टाको मेची नदी किनारबाट शुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ ।

यस अवधिमा झन्डै एक हजार किलोमिटर यात्रा हुने बताइएको छ । यसबीचमा विभिन्न जिल्लामा पार्टीका विभिन्न तह र तप्काका कमिटीहरूसँग छलफल गर्दै र नागरिकको कुरा सुन्ने पार्टीका महासचिव घनश्याम भुसालले बताए । उनले ‘रोजगारी, समृद्धि र सुशासन’ को नाराका साथ हुन लागेको समाजवादी जागरण अभियानमा समृद्धि र समाजवादका लागि हुनुपर्ने कार्यक्रमका बारेमा नागरिकलाई बताउने जानकारी दिए।

त्यस्तै आउँदो माघमा पार्टीको महाधिवेशन हुने भन्दै महाधिवेशनअघि नागरिकको सुझाव सङ्कलनका रूपमा पनि यो अभियान रहेको उनले उल्लेख गरे। यस अभियानका क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै नागरिकको सल्लाह, सुझाव पनि सुन्ने उनले बताए ।

महासचिव भुसालले वर्तमान राजनीतिक दलहरूमा समाजवादमा कसरी पुग्ने भन्ने कुरामा अलमल रहेको भन्दै आफूहरू भने स्पप्ट रूपमा अघि बढेको दाबी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस